#SafaGaraun
February 15, 2026

#SafaGaraun

महाशिवरात्रीको पावन अवसरमा “सफा गरौं” अभियान अन्तर्गत सरसफाई सम्पन्न
क्रिएसन नेपालद्वारा पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रीको पावन अवसरमा “सफा गरौं” अभियान अन्तर्गत वृहत् सरसफाई कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत यस ऐतिहासिक तथा धार्मिक स्थलमा फोहोरमैला व्यवस्थापन तथा सरसफाईका लागि विशेष पहल गरिएको हो।
कोकाकोला फाउण्डेसनको सहयोगमा “क्लाइमेट स्मार्ट सिटिज” परियोजना अन्तर्गत करिब २५० भन्दा बढी सफाइकर्मी तथा स्वयंसेवकहरू परिचालन भई तीन दिनसम्म निरन्तर सरसफाई गतिविधि सञ्चालन गरिएको थियो।
महाशिवरात्रीमा लाखौं दर्शनार्थी तथा भक्तजनहरूको उपस्थिति रहने भएकाले “सफा, पवित्र र हरित शिवरात्री” अभियान सञ्चालन गरिएको हो। यस अभियानले जिम्मेवार फोहोरमैला व्यवस्थापन तथा नागरिक सचेतना अभिवृद्धि गर्दै दिगो सरसफाइ संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
साथै, महाशिवरात्रीका अवसरमा आउने भक्तजनहरूका लागि कोकाकोला कम्पनीका  जिरो सुगर भएको कोकाकोला तथा पानीका बोतलहरु वितरण गरिएको थियो। क्रिएसन नेपालले पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गर्दै पशुपति क्षेत्रमा वातावरणीय तथा पर्यावरणमैत्री विविध क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ।
आउनुहोस्, हाम्रो सांस्कृतिक तथा धार्मिक धरोहरलाई सफा, स्वच्छ र मर्यादित राख्न सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गरौँ। 

Share this article

Help spread the knowledge

Related News