Born into a humble family in a remote corner of Kathmandu, Asmita was raised by her parents, who worked tirelessly as waste pickers. From as far back as she can remember, she watched them comb through the streets, picking up litter to make ends meet. As a young girl, she witnessed the disgusting stares and endured the humiliating shouts from society. Puzzled and hurt, she often asked her parents, “Why don’t people appreciate you when you are the ones cleaning their streets?” Her parents would always hush her, leaving her questions unanswered.
As Asmita grew older, she began to help her parents with their work, stepping into the same harsh reality they faced daily. She experienced firsthand the scornful looks, the derogatory words, and the social outcast. It dawned on her that the problem lay deep within society’s attitudes—the very people who littered the streets looked down upon those who cleaned them. Despite this, she continued her work with quiet resilience.
In time, Asmita married a man who worked in the same field, segregating waste at a site. Not long after their marriage, she became pregnant. Unable to work as she once did, she faced increased hardships at home. Her husband's growing alcohol dependency made life unbearable, turning their home into a place of constant turmoil. As a young mother, she struggled alone to care for her child, receiving no support from her husband and enduring his abuse. After a year of enduring this torment, Asmita found the courage to leave. With a bag of belongings in one hand and her child in the other, she fled her oppressive home.
Securing a tiny room for herself and her one-year-old child, Asmita had to work to survive. With no one to care for her child, she had no choice but to bring her child along to work. Day after day, she went to the streets to collect waste, her child always by her side. She earned a living through sheer determination, balancing her work and her responsibilities as a mother.
Today, Asmita works at a waste site, segregating plastic bottles. Reflecting on her journey, she feels a deep sense of pride in the choices she made. She is proud of fleeing from her abusive husband, of earning an honest living, and of providing for her child through her hard work. The relentless struggle of balancing her work and motherhood has often been disheartening, but Asmita has never given up. As a woman, a mother, and a waste picker, she stands tall, proud to be the sole earner for herself and her child, proud of the life she is building through her unwavering perseverance.
**अस्मिताको अटल विश्वास र संघर्षमय जीवन**
अस्मिता काठमाडौं नजिकै एक कुनामा रहेको विकट स्थानको अतिसामान्य परिवारमा जन्मिएकी थिइन् । उनका आमाबाबुले फोहारमैला उठाउने काम गर्दै निकै मिहनेत र संघर्षका साथ उनलाई लालनपालन गरेका थिए । अस्मिताको मानसपटलमा आमाबुबा सडकमा दिनहुँ झाडु लगाउने र फोहोरमैला सफा गर्ने कामको निकै पुरानो सम्झना छ । क्रमशः उमेर बढ्दै गएको एक युवतीका रुपमा उनले आफनो आमाबुबा प्रति समाजको घृणित व्यवहार र अपमानजनक शब्दबोधको प्रत्यक्ष साक्षी बन्नुपर्दा निकै हैरान र दुःखित थिइन् । उनले आफ्ना आमाबावुलाई सधैं प्रश्न सोध्ने गर्थिन, आखिर किन मानिसहरुले तपाईलाई सम्मान जनक व्यवहार गर्दैनन जबकी तपाईहरुले अरुले फोहोर गरेको सडक सफा गर्नुहुन्छ ? तर, उनले कहिले सहि जवाफ पाउन सकिनन् बरु उल्टै आमाबुबाले उनलाई चुपचाप बस्न इसारा गर्थे ।
बढ्दो उमेरसँगै अस्मिताले विस्तारै आफ्ना आमाबुबालाई उनीहरुको काममा मद्दत गर्ने निधो गरिन उनले दैनिकी आमाबुबाले सामना गरेको घृणित, अपमानजक शब्द र सामाजिक बहिष्कार प्रत्यक्ष रुपमा स्वयं आफैं अनुभव गर्न थालिन, तब मात्रै उनले थाहा पाइन यो समस्या समाजको मनोवृति भित्र रोगको रुपमा जकडिएको छ । समाजले सडकमा फोहोरमैला फाल्नेहरुलाई भन्दा पनि फोहोरमैला सफा गर्नेहरुलाई तुच्छ ठान्दारहेछन । यसका बाबजुद पनि उनले शान्त तथा धैर्यताका साथ आफनो काम जारी राखिन् ।
समयक्रमसँगै यौवन अवस्थामा प्रवेश गरेकी अस्मिताले डम्पिङ साइटमा फोहारमैला छुट्याउने काम गर्ने एक पुरुषसँग विवाह गरिन । उनी विवाह भएको केही समय नबित्दै गर्भवती भइन । गर्भवती भएपछि उनले पहिलेको जस्तो काम गर्न नसकेपछि घरमा झन्झटिलो अवस्थाको सामना गर्नु पर्यो । उनको पतिको दिनहुँ बढ्दो रक्सी सेवनले जीवन नरकमय बन्दै गयो, घरभित्र निरन्तर झैझगडा र अशान्तिको माहौल उत्पन्न हुन थाल्यो । आफनो पतिबाट कुनै पनि सहयोग नपाएकी एक बच्चाको आमाको रुपमा उनले बच्चाको हेरचाह गर्न एक्लै संघर्ष त छदैंथियो अर्काेतर्फ उल्टै दिनहुँ जड्याहा पतिबाट दुव्र्यवहारको शिकार हुन थालिन । निरन्तर एक बर्षसम्म यातनाको शिकार भएपछि एक दिन उनले साहास जुटाएर घर छोडेर हिडने निर्णय गरिन । उनले एकहातमा झोला र अर्काे हातमा बच्चा काँखमा लिएर जडयाहा पतिको घरबाट बिदा भइन ।
पतिको घरबाट हिडेकी उनले जसोतसो आफु र आफ्नो एक वर्षको बच्चाको लागि बस्ने छानो खोजिन । हातमुख जोड्नका लागि अस्मिताले काम गर्नुपर्ने बाध्यता त छदैं थियो । तर, सानो बच्चाको हेरचाह गर्ने कोही नहुँदा उनी काममा जाँदा पनि बच्चालाई सँगै ल्याउनुको विकल्प थिएन । उनी बच्चालाई सँगसँगै लिएर दिनदिनै कामको सिलसिलामा फोहोर संकलन गर्न सडकमा जान थालिन । उनले दैनिक काम र एक आमाको रूपमा बच्चा हुर्काउने आफ्नो जिम्मेवारीलाई सन्तुलन कायम गर्दै दृढताका साथ जीवनलाई अगाडि बढाइन ।
आज अस्मिता फोहोर डम्पिङ साइटमा प्लाष्टिकका बोतलहरू छुट्याउने काम गर्छिन । उनी आफ्नो विगतलाई सम्झिदैं जडयाहा दुव्र्यवहार गर्ने श्रीमानबाट अलग हुने गरेको निर्णय र इमान्दार जीवन यापनका लागि अथक परिश्रमबाट आफ्नो बच्चाको पालनपोषण गर्न सकेकोमा गौरवान्वित छिन । एक महिलाका लागि नाना र छानाको जोहो गर्न दैनिक काम र मातृत्वलाई सन्तुलनमा राख्ने कडा संघर्ष निकै पिडादायी हुन्छ । तर अस्मिताले कहिल्यै हार मानिनन् । उनी एक महिला, एक आमा र फोहोर संकलकको रूपमा हिमाल जस्तै अग्ली छिन । उनी आफु र आफ्नो बच्चाको लागि कमाउन सकेकोमा निकै खुशी छिन । उनी आफ्नो अटल लगनशीलता, कडा परिश्रम र संघर्षद्वारा जीवन यापन गर्न सकेकोमा निकै गौरवान्वित छिन ।